रत्ननगरलाई दुर्व्यसनी मुक्त नगर बनाउछौं : मेयर सापकोटा

रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाले रत्ननगरलाई दुर्व्यसनी मुक्त नगर बनाउने घोषणा गरेका छन् ।

टिकौली चौरमा शनिबार चौथोँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मेयर सापकोटाले शिक्षा र खेलकुदको माध्यमबाट दुर्व्यसनी मुक्त नगर बनाउने बताए ।

दुर्व्यसनी मुक्त नगर निर्माणको लागि नगर स्तरीय समिति बनाएर काम सुरु भइसकेको भन्दै उनले दुर्व्यसनी अन्त्यका लागि गाउँ,टोल,समाज,वडा र विद्यालयहरुमा सचेतनामुलक कार्यक्रम सञ्चालन भइरहेको बताए ।

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले राष्ट्रिय स्तरमा नगरको खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताए । उद्घाटन कार्यक्रममा संस्थापक मेयर नारायण वन,उपमेयर यादव प्रसाद पाठक लगायतले मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार