भारतमा दुई ठाउँमा ३ विमान दुर्घटना : ३ जना मरे, केही घाईते

spot_img

काठमाडौं। भारतमा दुईवटा विमान दुर्घटनामा परेका छन्। आज बिहान भएको छुट्टाछुट्टै विमान दुर्घटनामा तीन जनाको मृत्यु भएको छ, भने केही घाईते भएका छन् ।

ग्वालियरबाट एकैसाथ उडान भरेका भारतीय वायु सेनाका फाइटर जेटसुखोई–३० र मिराज २००० विमान एक आपसमा ठोक्किएका थिए। मध्य प्रदेशको मोरेनामा वायुसेनाको सुखोई–३० एमकेआई र मिराज–२००० विमान दुर्घटनाग्रस्त भएको रक्षा स्रोतले जानकारी दिएको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी र सेनाका अधिकारी घटनास्थलमा पुगेका थिए। यस्तै आज नै भारतमा एक अर्को चार्टर्ड विमान पनि दुर्घटनामा परेको छ। उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको बताइएको छ।

आगराबाट उडान भरेको चार्टर्ड विमान राजस्थानमा दुर्घटनाग्रस्त भएको बताइएको छ। अहिलेसम्म उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको र केही घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार