अशक्त दराईलाई जीवन विकास लघुवित्तको सहयोग

राप्ती, माघ १३ । चितवनको राप्ती नगरपालिका वडा नम्बर ६ रामपुर झरना बस्ने शंखे दराईले सहयोग पाएका छन् । जीवन विकास लघुवित्त वित्तीय संस्थाको राप्ती शाखा कार्यालयबाट उनले सहयोग प्राप्त गरेका हुन् ।

६४ बर्षीय दराई विपन्न र एक्लो जीवन बिताउँदै आएका थिए । लघुवित्तका शाखा प्रमुख सन्तोष अधिकारीले खाद्यान्न सामाग्री सहयोग गरेका हुन् । खाद्यान्न सामाग्रीहरुमा दाल, तेल, आलु, १ कार्टुन चाउचाउ, १ क्रेट अण्डा र २ प्याकेट सोयाबिन रहेका छन् । यसको साथमा एक थान सिरक पनि दराईलाई प्रदान गरिएको छ । राप्ती-६ का वडा अध्यक्ष जल्लु महतो थारुले दराईलाई सो सामाग्री हस्तान्तरण गरेका हुन् ।

सहयोग गरेकोमा संस्थालाई वडा अध्यक्ष महतोले धन्यवाद व्यक्त गरेका छन् । वडा र नगरले पनि दराईलाई सहयोग गरेको र अझै गर्दैजाने उनले बताएका छन् ।

यसअघि पनि संस्थाले दराईलाई खाद्यान्न र लत्ताकपडा सहयोग गरेको थियो । विपन्न र अशक्त भएकोले उनलाई सहयोग गरिएको जीवन विकास लघुवित्त संस्थाका शाखा प्रमुख अधिकारीले बताएका छन् । आफ्नो संस्थाको अभियान ‘एक कर्मचारी, एक अति विपन्न परिवार’ अन्तर्गत रहेर आफूले सहयोग गरेको उनले बताएका छन् ।

संस्थाले विभिन्न सामाजिक उत्तरदायित्व बहन पनि गर्दै आएको छ । मुख्यगरि वित्तीय, गैर वित्तीय र डिजिटल सेवा दिँदै आएको यस संस्थाले शिक्षा, स्वास्थ, मानवीय सहयोग र राहत लगायतका क्षेत्रहरुमा पनि काम गर्दै आएको छ । यसको मुख्य कार्यालय मोरङ-२ कटहरीमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार