चितवनका पत्रकार रमेश कुमार पौडेललाई राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार

चितवन, माघ १४– चितवनका पत्रकार रमेश कुमार पौडेललाई राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार प्रदान गरिने भएको छ । नेपाल लाटोकोसेरो तथा हुचिल उत्सवमा पत्रकार पौडेललाई पुरस्कार प्रदान गर्न लागिएको हो । हुचिल उत्सव यही माघ २० र २१ गते कैलालीमा हुँदैछ ।

उत्सवको अन्तिम दिन चार जना अनुसन्धानकर्मी र संरक्षणकर्मीहरुलाई संरक्षणको क्षेत्रमा गरेको योगदानको कदर गर्दै ‘प्रकृति संरक्षण पुरस्कार’ प्रदान गर्न लागिएको हो । संरक्षणकर्मीहरुलाई जनही नगद रु. २५,०००/– सहित ताम्रपत्र तथा दोसल्लाबाट सम्मान गरिने छ । पत्रकार पौडेलसंगै यसवर्ष पुरस्कृत हुनेहरुमा बारेकोटे गाउँपालिका, जाजरकोटका संरक्षणकर्मी गोविन्द बहादुर सिंह, काठमाडौँ, गोकर्णेश्वर–४ का अनुसन्धानकर्मी हेमबहादुर कटुवाल र भारतीय वैज्ञानिक डा. सतीश अ. पांडे रहेका छन् ।

पत्रकार पौडेल कान्तिपुर दैनिकका चितवन संवाददाता हुन् । उनी लामो समयदेखि संरक्षणको क्षेत्रमा कलम चलनाउँदै आइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार