अदालतको फैसलाविरुद्ध रविका समर्थकको प्रदर्शन

१३ माघ, काठमाडौं । सर्वोच्च अदालतको फैसलाले पदमुक्त भएका रवि लामिछानेका समर्थकहरूले सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेका छन् ।

सर्वोच्च अदालतले शुक्रबार गरेको फैसलासँगै लामिछानेले उपप्रधान तथा गृहमन्त्री, गृहमन्त्री र सांसद पद गुमाएका छन् ।

अदालतको फैसलाको विरुद्धमा लामिछानेका समर्थकहरूले नाराबाजीसहित प्रदर्शन गरेपछि प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार