“राष्ट्रको लागि खेलकुद, स्वास्थका लागि खेलकुद”भन्ने मुल नाराका साथ राप्ती नगरपालिकाले चौथो राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता सञ्चालन गरेको छ ।
यस चौथो राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगितामा १५०० मिटर दौड महिला र पुरूष दुवै सहभागी रहेको छ । यस खेलमा राप्ती नगरपालिकाको विभिन्न विद्यालयहरु सहभागी भएक छन् । त्यसैगरी कबड्डी, १०० मिटरको दौड , भलिबल प्रतियोगिता र नृत्य लगायत विभिन्न खेलहरु सञ्चालन भएको छ । यस चौथो राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता ३ दिन सम्म सञ्चालन हुने भएको छ । यस चौथो राष्ट्रपति रनिङ्ग सिल्डमा प्रतियोगितामा सहभागी भएका मध्य उत्कृष्ट बिद्यार्थीहरुलाई सिल्ड मेडल र प्रमाण पत्रको व्यवस्था गरेको छ ।