राप्ती जेसिजको तेस्रो पदस्थापना कार्यक्रम सम्पन्न

राप्ती, माघ ९ । राप्ती जेसिजको तेस्रो पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । सोमबार भव्य समारोहको बीच कार्यक्रम सम्पन्न भएको हो । जेसीज बर्ष २०२२ की अध्यक्ष बिन्दु सिंजाली मगरले २०२३ का अध्यक्ष सुजन थापा काजीलाई चेन हस्तान्तरण गरि आफ्नो पद हस्तान्तरण गरेका हुन् । सोही समारोहमा विभिन्न विधामा अवार्ड तथा पुरस्कार वितरण पनि गरिएको छ ।

कार्यक्रममा बोल्दै थापाले आफ्नो कार्यकालमा राप्ती नगरमा भएका युवाहरुलाई व्यक्तित्व र नेतृत्व विकासका लागि तालिमको व्यवस्था गर्ने बताए । राप्तीको पर्यटकीय गन्तव्यलाई चिनाउन आफू लागिपर्ने उनले बताए । समाजमा भएको विकृति हटाउन विभिन्न कार्यक्रमहरु ल्याउने पनि उनले बताए ।

बर्ष २०२२ की अध्यक्ष बिन्दु सिंजाली मगरले बोर्ड सदस्यहरुलाई सपथ खुवाएकी थिइन् । त्यस्तैगरि अध्यक्ष थापाले कोषाध्यक्षमा भुवानीश्वर रुवाली (प्रजित), महासचिवमा नवराज गुरुङ, कानुनी सल्लाहकारमा दिनेश सेढाई,  सह-सचिवमा दयालक्ष्मी उप्रेती र अध्यक्षको सल्लाहकारमा अभियान पाठकलाई मनोनीत गरेका छन् ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जेएन थपिलयाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा राप्ती नगरका उप-प्रमुख देवेन्द्र लामा, नेपाल जेसिज बर्ष २०२१ का अध्यक्ष अरुणेश्वर खनाल, राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष रजनी थापा, राष्ट्रिय उपाध्यक्ष राधिका भुषाल, राष्ट्रिय कानुनी सल्लाहकार अशोक कोइराला लगायत, विभिन्न वडाका वडा अध्यक्षहरु, राप्ती जेसिजका सल्लाहकार तथा अन्य शाखाका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

राप्ती जेसिजले यही पौष २ गते आफ्नो तेस्रो अधिवेशन सम्पन्न गरेको थियो । अधिवेशनबाट त्यस्तै अधिवेशनबाट कार्यकारिणी उपाध्यक्षमा सुदन उप्रेती र संजय काराखेती, उपाध्यक्षहरुमा प्रेम उपाध्यक्ष, गोकर्ण अर्याल, रमेश रेग्मी, पिमलाल सापकोटा, निर्देशकमा गणेश पाठक, शुभाष पौडेल र सन्दीप उप्रेती सर्वसम्मत चयन भएका थिए । यस्तै कार्यक्रम संयोजक श्रीकृष्ण गौतम चयन भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार