आदर्श विद्याश्रमको २८औँ वार्षिकोत्सव सम्पन्न

राप्ती, माघ ९ । पुर्वी चितवनको राप्ती मा रहेको आदर्श विद्याश्रमको २८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस र दोस्रो स्काउट दीक्षान्त समारोह सोमबार सम्पन्न भएको छ ।

विद्यालयको प्राङ्गणमा आयोजना गरिएको उक्त कार्यक्रममा राप्ती नगरपालिका नगरप्रमुख शमशेर लामाको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै विद्यालयका प्राचार्य मिनराज खेरेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।



समारोहको विशिष्ट अतिथिमा प्याब्सन राप्ती अध्यक्ष रामकृष्ण पन्त, डिल्ली प्रसाद थपलिया , अतिथिहरु राम ब. खरेल , राम प्रसाद तिमल्सेना, शिक्षक अभिवाबक संघका अध्यक्ष चुडामडी बर्तौला, विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिनेश राज सेढाइ, स्काउटर बुद्धि गुरुङ्ग, भुपेन्द्र धिताल, भिष्मराज पाठक लगाएतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले राप्तीको शैक्षिकस्तर बृद्दीमा निजि विद्यालयहरुको पनि मुख्य भुमिका रहेको बताउनु भयो । सम्बोधनकै क्रममा वहाले नगरपालिकाले सार्बजनिक विद्यालयको मात्रै मूल्याकंन नगरीकन नगरभित्र रहेका सबै निजि विद्यालयहरुको पनि मूल्याकंन गरिरहेको बताउनुभयो।

विद्यालयका प्रबर्दक डिल्ली प्रसाद थपलियाले तत्कालिन समयमा निजि बिध्यालयको आवस्यकता र सम्भावना महसुस गरेरनै आफुहरुले यो स्कुल स्थापना गरेको बताउनु भयो । कार्यक्रममा विद्यार्थीहरुले गायन, नृत्य लगायतका विभिन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए । साथै उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार