स्वरोजगारमूलक फोटोग्राफी तथा भिडियोग्राफी तालिम

राप्ती । चितवनको राप्तीमा स्वरोजगारमूलक फोटोग्राफी तथा भिडियोग्राफी तालिम बिहीबारदेखि सुरु भएको छ ।
राप्ती नगरपालिकाको सहयोग तथा ग्रीनलाइन मिडियाको आयोजनामा सञ्चालन गरिएको सो तालिममा नगरपालिकाभित्रका ३४ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । उक्त तालिमको राप्ती नगरपालिकाका नगरप्रमुख शमशेर लामाले फोटो खिचेर औपचारिक उद्घाटन गरेका थिए ।
सो अवसरमा नगरप्रमुख लामाले युवाहरुमा सीप अभिवृद्धि गरी स्वावलम्बी र स्वरोजगार बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा बोल्दै उनले आउँदा दिनहरुमा यस्तै युवालक्षित र समयको मागअनुसारको सीप अभिवृद्धि गर्ने तालिमहरु दिन आफूहरु सदैब तत्पर रहेको बताए ।
कार्यक्रमका वडा नं ५ का वडाध्यक्ष सीताराम तामाङ्गले मान्छेलाई बाँच्न चाहिने दुईवटा आधारभूत कुराहरु शिक्षा र सीप भएको र युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले सीपमूलक कार्यक्रमको आयोजना गरिएकोमा खुशी लागेको बताए । पत्रकार ध्रुवराज खनालले सञ्चालन गरेको उक्त कार्यक्रममा संयोजक दिलीप डल्लाकोटीले तालिमको उद्देश्यका बारेमा प्रकाश पारेका थिए ।
सात दिनसम्म चल्ने उक्त तालिममा बेसिक फोटोग्राफी, भिडियोग्राफी, समाचार लेखनसम्बन्धी प्रक्षिक्षण दिइने आयोजक ग्रीन लाइन मिडियाका अध्यक्ष कोमलचन्द्र भगतले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार