नेपाल रेडक्रस सोसाइटी भण्डारा उपशाखाको सभापतिमा बर्तौला : शपथ ग्रहण सम्पन्न

राप्ती, माघ ५ । नेपाल रेडक्रस सोसाइटी भण्डारा उपशाखाको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । संस्थाको २६ औँ साधारणसभा तथा सातौं  अधिवेशनबाट निर्वाचित भएका कार्यसमितिहरुले शपथ ग्रहण गरेका छन् ।

संस्थाको सभापतिमा खिलकान्त बर्तौला सर्वसम्मत चयन भएका थिए । बर्तौलाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरिएको थियो । संस्थाको उपसभापतिमा अमृतादेवी पाठक, सचिवमा चुडामणी खरेल, कोषाध्यक्षमा दुर्गा बहादुर बस्नेत, उप-सचिवमा सुवाश सिलवाल र उप-कोषाध्यक्षमा कल्पना खरेल पाठक चयन भएका हुन् ।

महिला सदस्यमा अनिता मैनाली र खुल्ला सदस्यमा पद्मराज पाठक, गम्भीरराज धरेल, नारायण उप्रेती र राजकुमार सेढाई चयन भएका छन् ।

नवनिर्वाचित सभापति बर्तौलाले भवन निर्माणको कामलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । भवन जीर्ण अवस्थामा रहेको भन्दै जग्गा र भवन निर्माणको लागि आवश्यक बन्दोबस्त आफूले मिलाउने उनले बताए ।

सभापतिले आँटेको कामलाई आफूले सहयोग गर्ने निवर्तमान सभापति भाष्करराज ओलीले बताए । आफ्नो कार्यकालमा अपूरा धेरै कामहरु निर्वाचित सभापतिले गर्नेमा आफू विश्वस्त भएको उनले बताएका छन् ।

यस्तै जिल्ला सदस्य महेश्वर थपलियाले संस्थाको जिम्मेवारी सबैको काँधमा आएको बताए । रेडक्रस नाफामूलक संस्था नभएकोले के पाएँ भन्दा नि के दिएँ भन्नेमा सोच्नुपर्ने उनको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार