विपन्न वर्गलाई कुखुराको खोर वितरण

राप्ती, माघ ५ । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र लोथर उपभोक्ता समितिले कुखुराको खोर वितरण गरेको छ । खोलामा आश्रित विपन्न वर्गलाई जिविकोपार्जनको निमित्त उपभोक्ता समितिले खोर वितरण गरेको हो ।

आज बिहीबार एक कार्यक्रमको आयोजना गरि अति विपन्न १५ जनालाई खोर वितरण गरिएको छ । मुख्यगरि खोलाको आसपास बसेर खोलामा आश्रित भएका विपन्न वर्गको जीवनस्तर उकास्नको लागि खोर वितरण गरिएको लोथर उपभोक्ता समितिका अध्यक्ष मान बहादुर स्याङ्बोले बताए । यदी खोरमा कुखुरा नपालिए खोर फिर्ता लिइने पनि उनले बताए । कुखुराको चल्लाको व्यवस्था पनि गरिने उनले बताए ।

“खोलामा गैर कानुनी रुपमा जाँदै गर्दा समस्या आउँछ, यस कार्यले त्यस्तो समस्याको न्युनीकरण गर्दछ ।” उनले भने “विभिन्न निकायसँग सल्लाह गरेर एउटा खोरलाई २० हजारसम्मको लागतबाट खोरको वितरण गरेका हौँ ।”

कार्यक्रमको प्रमुख अतिथि राप्ती नगर प्रमुख शमशेर लामाले नगर सधैँ जनताको पक्षमा काम गर्ने बताएका छन् । काम गर्दै जाँदा अवरोध सिर्जना हुँदा पनि आफूहरु अगाडि बढिरहेको उनले बताए ।

कार्यक्रममा वा अध्यक्ष सिद्धीलाल स्याङ्तान, रेन्जर सुदर्शन रेग्मी, विभिन्न संघसंस्थाको प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन समितिका कोषाध्यक्ष चिरञ्जीवी पाठकले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार