भण्डारा । राप्तीको भण्डारामा इलाका प्रशासन कार्यालय स्थापनाको लागी राप्ती नगरपालिकाले पहल सुरु गरेको छ । नगर प्रमुख शमशेर लामाले जिल्ला प्रशासन कार्यालय चितवनलाइ पत्र लेख्नुहुदै इलाका प्रशासन कार्यालय माग गरेका हुन । पत्रमा राप्तीको पहाडी इलाकामा रहेका जनताले दुख पाएका , प्रशासनसंग जोडिएर गर्नुपर्ने काममा सास्ति भएको भन्दै सहजताको लागी राप्ती ५ भण्डारामा इलाका प्रशासन कार्यालय हुनुपर्ने लामाले बताए । पहाडी जनताले यातायातको समस्या देखि आर्थिक हिसावमा समेत अप्ठ्यारो परेको भन्दै प्रशासन राख्नुपर्ने लामाले बताए । लामाले राप्तीका जनतालाइ मात्र होइन खैरहनीको जनतालाइ समेत सहजता प्रदान गर्नको लागी चितवनको पुर्वी क्षेत्रमा लक्षित गरी इलाका प्रशासन कार्यालय आउनुपर्ने बताए । अहिले प्रशासनको विभिन्न काममा राप्तीका पहाडी क्षेत्रका जनता जादा आउदा सास्ति पाइरहेका गुनासो पालिकामा आएको लामाले बताए । राप्तीका १२ र १३ का जनताले जिल्ला प्रशासनको काम गर्नको लागी करिब ३ दिनको समय व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको छ । आउन र जान एक एक दिन लाग्ने र जिल्ला प्रशासनका अर्काे एक दिन हुदा ३ दिनको समय लाग्ने गरेको जनताले गुनासो गरेपछि भण्डारामा नै इलाका प्रशासन राख्नुपर्ने आवश्यकता देखिएको लामाले बताए । यसको लागी मंगलवारनै पत्रचार भएको छ ।