लुम्बिनी प्रदेशको उपसभामुखमा मेनुका खाण निर्विरोध

३ माघ, दाङ । लुम्बिनी प्रदेशको उपसभामुखमा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकी राप्रपाकी मेनुका खाण केसी निर्विरोध निर्वाचित भएकी छिन् ।

नेपाली कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मला देवी थारुले अन्तिम समयमा आएर उम्मेदवारी फिर्ता लिएपछि खाण निर्विरोध भएकी हुन् ।

सोमवार प्रदेश सभाको तेस्रो बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य डिल्लीराज भुसालले खाणलाई उपसभामुखमा निर्विरोध भएको घोषणा गरे ।

पाठक र थारुले उपसभामुखका लागि निर्वाचित गरियोस भनि प्रदेशसभा पेश गरिएको प्रस्ताव फिर्ता लिएका थिए ।

सोमवारमात्रै एकल उम्मेदवारी परेर सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती मगर निर्विरोध निर्वाचित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार