सुरदेबी वनको अध्यक्षमा डल्लाकोटी र उपाध्यक्षमा लामा निर्वाचित

राप्ती, माघ २। चितवनको राप्ती १ स्थित सुरदेबी सामुदायिक बन समितिको उपाध्यक्षमा मातामाया लामा निर्वाचित भएकी छ्न ।

संस्थाको सोमबार सम्पन्न १०औ अधिबेशन अन्तर्गतको निर्वाचनमा ५१९ मत प्राप्त गरि उनी निर्वाचित भएकी हुन । यता अध्यक्ष पदमा भने सर्वसम्मत रुपमा रामहरी डल्लाकोटी यस अघिनै चुनिएको निर्वाचन समितीले जनाएको छ ।

बिहान ९ बजे देखि सुरु भएको मतदान प्रकृयामा कुल ५५४ मत खसेको निर्वाचन संयोजक राजकुमार सिलवालले जानकारी दिए । सिलवालका अनुसार प्राप्त मत परिणाम अनुसार समितिको सचिबमा ५१७ मत सहित कृष्ण गरुङ, कोषाध्यक्षमा ५१८ मतको साथ अनिता श्रेष्ठ, सह-सचीवमा ५१६ मतको साथमा अनिशा घिमिरे निर्वाचित भएका हुन भने लेखासमिती संयोजकमा भोजराज पाठक लगायत सदस्य द्वय अनिता अधिकारी बर्तौला र शम्भु बस्नेत निर्वाचित भएका छ्न ।

त्यस्तै सदस्यहरुमा दिनेश खनाल, तिर्थराज सेढाई, बेग बहादुर कार्की, श्याम बहादुर बरुवाल, हिरा बहादुर गुरुङ, शान्ता सार्की, आशिका तामाङ, सीता बरुवाल, सरस्वती श्रेष्ठ, राजकुमारी तामाङ चुनिएको संयोजक सिलवालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार