माघे संक्रान्तिमा थारुको विशेष खान्कि चिच्चर (प्वाका)

spot_img

चितवन, माघ १ । थारु समुदायका लागि माघे संक्रान्ति अर्थात माघी विशेष पर्व हो । उनीहरु यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् । खिचरा (माघे संक्रान्ति) को दिन थारुहरूले चिच्चर (प्वाका) बनाएर खाने परम्परा छ ।

चिच्चर पकाउनका लागि अघिल्लो दिन नै अनदीको चामल भिजाएर राख्ने गरिन्छ । भोलिपल्ट त्यो चामललाई माटोको भाँडा (पैनी) मा राखी पानीको बाफको सहायताले पकाइन्छ । चिच्चर पकाउन दुईवटा भाँडाको प्रयोग गरिन्छ । सुरुको सिलवरको भाँडामा पानी राखिन्छ । माटोको भाँडाको तलपट्टि बाँसको चोयाले बुनेको जाली राखिन्छ । त्यो भाँडाको पिँधमा बाफ छिरोस् भन्नका लागि मसिना प्वाल बनाइएको हुन्छ । माथिल्लो भाँडामा अनादीको चामल राखिन्छ । चामललाई बाफले पकाएपछि चिच्चर तयार हुन्छ ।

थारुहरूले विशेष महत्वका साथ खाने चिच्चर स्वास्थ्यका दृष्टिकोणले पनि राम्रो मान्ने गरिन्छ । चिच्चरमा प्रोटिन तथा कार्बोहाइड्रेट पनि पाइने हुनाले शरीरलाई उर्जा दिने काममा सहयोग पुर्‍याउँछ । यो जाडो मौसमको अमृतसरह मानिन्छ ।

पोका खाएपछि निकै न्यानो महशुस हुन्छ । चिच्चर खाने तरिका पनि अलि नौलो नै छ । चिच्चर पकाइसकेपछि भोर्लाको पातमा राखिन्छ । त्यसपछि चिच्चरलाई त्यही पातले बेरिन्छ । बाहिरबाट मसिनो डोरी बेरेर चिच्चरलाई गोलो आकार दिइन्छ । भोर्लाको पात लिन जंगल नै पुग्नुपर्ने भएकाले अचेल सहजताका लागि भोर्लाको पातको सट्टा केराको पात पनि प्रयोग गर्न थालिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार