राप्ती-६ द्वारा गर्भवती तथा सुत्केरी आमा पोषण भत्ता वितरण

राप्ती, पौष ३० । राप्ती नगरपालिका वडा नम्बर ६ ले पोषण भत्ता वितरण गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि वडाले गर्भवती तथा सुत्केरी आमा पोषण भत्ता वितरण गरेको हो ।

वडामा रहेका गर्भवती तथा सुत्केरी आमाहरुलाई २ हजार नगद र बिस्कुट वितरण गरिएको हो । कार्यक्रममा ११५ जनालाई भत्ता वितरण गरिएको वडा सचिव तीर्थराज खानालले बताए ।

कार्यक्रमको अध्यक्षतामा वडाध्यक्ष जल्लु महतो रहेका थिए । उनले महिलाहरुको लागि यो समय संवेदनशील रहने भन्दै उचित पोषणको लागि आफूहरुले कार्यक्रमको आयोजना गरेको बताए । सुरक्षित मातृत्वका लागि पोषणयुक्त खानेकुराहरु आवश्यक हुने उनको भनाइ थियो । कार्यक्रममा उपस्थित सम्पूर्णमा वडाध्यक्ष महतोले धन्यवाद व्यक्त गर्नुका साथै आगामी दिनहरुमा पनि यस्तो कार्यक्रम आयोजना गरिने उनले बताए ।

कार्यक्रममा मन्तव्य राख्दै समाजसेवी पूर्ण थापाले सुत्केरी तथा गर्भवती महिलाहरुको पोषणका लागि धेरै भन्दा धेरै यस्तो कार्यक्रमहरु आयोजना हुनुपर्ने बताए । माछा,मासु, दही जस्ता पोषणयुक्त खानेकुरामा ध्यान दिन पनि उनले अनुरोध गरे ।

राप्ती नगर न्यायिक समिति सदस्य ममिता कुँवर, वडा सदस्य सहदेव सेढाई, स्वंयमसेविका जेनी चौधरी, पूर्व वडा सदस्य कौशिला चौधरीलगायत स्थानिय समाजसेवीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

यस किसिमको सेवा पाएकोमा लाभान्वितहरुले खुशी व्यक्त गरेका छन् । उनीहरुले वडा कार्यालयलाई धन्यवाद पनि दिएका छन् । वडा सचिव तीर्थराज खनालले स्वागत मन्तव्य राखेका कार्यक्रमको सञ्चालन वडा सदस्य राजु तामाङले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार