साना किसान सहकारी पिप्ले-२ को अध्यक्षमा गुरुङ्ग विजयी

राप्ती, पौष ३० । साना किसान कृषि सहकारी संस्था पिप्ले-२ को अध्यक्षमा कृष्ण बहादुर गुरुङ्ग निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा गुरुङ्ग दोब्बर फराकिलो मतान्तर सहित अध्यक्ष पदमा विजयी भएका हुन् । गुरुङ्गले १ हजार ८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी अणकान्त पाठकले ५ सय ४ मत प्राप्त गरे ।

संस्थाको उपाध्यक्षमा मेघनाथ लामिछाने विजयी भएका छन् । उनले ७ सय ६८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी रङ्गनाथ सिलवालले ६ सय १३ मत प्राप्त गरे ।

यस्तै लेखा संयोजकमा ७ सय ६९ मत सहित उद्वव प्रसाद रुवाली निर्वाचित भएका छन् । लेखा सदस्यमहरुमा कुश्मा पाठक त्रिपाठी र लोकराज पाण्डे विजयी भएका छन् ।

२ हजार ३ सय ८ जना मतदाता संख्या भएको संस्थामा १ हजार ६ सय ३३ मत खसेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार