भरतपुर । अनेरास्ववियु चितवनको संयोजकमा प्रकाश कालाखेती चयन भएका छन् । शुक्रबार बसेको अनेरास्ववियु जिल्ला कमिटीको विस्तारित बैठकले कालाखेतीलाई संयोजकमा चयन गरेको हो ।
चैत १७ र १८ गते जिल्ला सम्मेलन सम्पन्न गर्नेगरी कालाखेतीलाई संयोजक र हरि आचार्यलाई सहसंयोजकको जिम्मेवारीसहित ३७ सदस्यीय आयोजक कमिटी गठन गरेको छ ।
सो कमिटीले माघ र फागुन महिनामा क्याम्पस सम्मेलन, उच्च मावि, सिटिइभिटी र नगर कमिटीका सम्मेलन, बैठक र भेला गर्नेगरी योजना बनाएर अघि बढ्ने निर्णय गरिएको छ ।
बैठकले चैत ५ गते हुने स्ववियु निर्वाचनलाई केन्द्रित गरेर संगठनका गतिविधिहरु अघि बढाउनेसमेत निर्णय गरेको छ ।