हाम्रो बचत साकोसको साधारण सभा

spot_img

राप्ती । राप्ती नगरपालिका–८ मा रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेस्रो साधारण सभा सम्पन्न भएको छ ।

संस्थाको आयव्यय तथा बाह्य लेखा प्रतिवेदन व्यवस्थापक रुकु चौलागाईंले प्रस्तुत गरेकी थिइन् भने भावी कार्ययोजना अध्यक्ष अर्जुन अधिकारीले प्रस्तुत गरेका थिए । यस्तै, आन्तरिक लेखासम्बन्धी प्रतिवेदन र सुझाव लेखा तथा सुपरीवेक्षण समितिका संयोजक इन्द्रप्रसाद सिलवालले प्रस्तुत गरे ।

संस्थाका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षता एवं राप्ती वडा नं–८ का अध्यक्ष पूर्णप्रसाद आचार्यको प्रमुख आतिथ्यता रहेको सभामा संस्थाले विभिन्न विधामा सदस्यहरुलाई सम्मान गरेको थियो ।

संस्थाका सचिव सुदन उप्रेतीले सञ्चालन गरेको सभामा स्वागत मन्तव्य शेयर सदस्य निरज कँडेलले राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार