भाग्यमानी थपलिया, पहिलो पटकमै बने मन्त्री

spot_img

भरतपुर । बागमती प्रदेशको मुख्यमन्त्रीको दौडमा रहेका चितवन निर्वाचन क्षेत्र नम्बर १ प्रदेश १ का साँसद जगन्नाथ थपलिया अन्तत मन्त्री बनेका छन्। केन्द्रिय परिवर्तन भएको राजनितिक समिकरण र केन्द्रिय नेतृत्वले गरेको सहमती अनुसार यो प्रदेश नेकपा माओवादी केन्द्रको भागमा पर्दा एमालेका थपलिया मन्त्री बनेका हुन्।

बागमती प्रदेशमा आलोपालो मुख्यमन्त्री बन्ने सत्ता गठबन्धनको सहमती अनुसार पहिलो चरणमा माओवादी केन्द्रबाट शालिकराम जमरकट्टेल मुख्यमन्त्री बनेका हुन्। जमरकट्टेल नेतृत्वको मन्त्री परिषद्मा चितवनका साँसद थपलिया आर्थिक तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका हुन्। आलोपालो अनुसार साँढे २ वर्षपछि थपलिया यो प्रदेशको मुख्यमन्त्री बन्नेछन्। एमाले केन्द्रिय सदस्य समेत रहेका थपलिया नेकपा एमाले बागमती प्रदेशको संसदीय दलका नेता हुन्।

चितवनको कम्युनिस्ट आन्दोलनमा लामो समय संघर्ष गरेर पनि थपलिया पार्टीको पद बाहेक संसदीय फाँटमा अवसर पाएका थिएनन्। पहिलो पटक प्रदेशबाट टिकट पाएर जितेका उनले प्रदेशकै मन्त्री समेत बन्ने अवसर पाएका छन्। राजनीतिक क्षेत्रमा मात्र नभई सामाजिक र शैक्षिक क्षेत्रमा पनि उनको महत्वपूर्ण योगदान छ।

मन्त्रीमा नियुक्ती भई सपथ ग्रहण तथा कार्यभार सम्हालेपछि मन्त्री थपलियाले प्रदेशका १३ वटै जिल्लामा आवश्यकताका आधारमा योजना निर्माण गरेर विकासको काम गर्ने प्रतिवद्धता जनाए। पार्टी आफ्नो नेतृत्वको मुख्यमन्त्री तथा मन्त्री भएका बेला अलपत्र परेका योजनालाई सम्पन्न गर्न पनि आफ्नो भूमिका रहने मन्त्री थपलियाले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार