खैरहनी । खैरहनी–१ स्थित कंकाली माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा ज्ञानबहादुर विसुराल चयन भएका छन् । समितिको सोमबार बसेको पहिलो बैठकले विसुराललाई अध्यक्षमा चयन गरेको हो । आइतबारमात्रै विसुराल समिति सदस्यमा मनोनीत भएका थिए । अभिभावक भेलाले ४ जना सदस्य पहिले नै चयन गरेको थियो भने वडा अध्यक्ष, पदेन सदस्य तथा विद्यालयका प्रधानाध्यापक सदस्यसचिव रहने व्यवस्था छ । ६ जनाको समितिले शिक्षाप्रेमी र समाजसेवीबाट विसुराल र सीता चौधरीलाई मनोनीत गरेको थियो । समिति पूर्ण भएपछि बसेको बैठकले विसुराललाई अध्यक्षमा चयन गरेको हो । समिति सदस्यहरुमा एकनारायण ढकाल, उद्धवप्रसाद खतिवडा, रीता पुरी महतो, गंगा थापा र सीता चौधरी छन् भने वडाध्यक्ष नवराज भूषाल पदेन सदस्य र प्रधानाध्यापक अन्जना आचार्य सदस्यसचिव रहेका छन् ।