राप्ती, असोज १३ । राप्ती नगरपालिका वडा नम्बर ४ ले पोषण भत्ता वितरण गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि गर्भवती तथा सुत्केरी आमा पोषण भत्ता वितरण गरेको हो ।
वडामा रहेका गर्भवती तथा सुत्केरी आमाहरुलाई २ हजार ५ सय नगदको दरले वितरण गरिएको हो । कार्यक्रममा ४४ जनालाई भत्ता वितरण गरिएको वडा अध्यक्ष केदार आचार्यले बताउनुभयो ।
कार्यक्रमको अध्यक्षतामा वडाध्यक्ष केदार आचार्य रहनुभएको थियो । उहाँले महिलाहरुको लागि यो समय संवेदनशील रहने भन्दै उचित पोषणको लागि आफूहरुले कार्यक्रमको आयोजना गरेको बताउनुभएको छ ।
राप्ती-४ वडा सदस्य हरु झमक बहादुर श्रेष्ठ, रमेश श्रेष्ठ, वडा सचिव देवी अधिकारीलगायत स्थानिय समाजसेवीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
यस किसिमको सेवा पाएकोमा लाभान्वितहरुले खुशी व्यक्त गरेका छन् । उनीहरुले वडा कार्यालयलाई धन्यवाद पनि दिएका छन् । कार्यपालिका सदस्य रमिता परियारले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।