चितवनका एमाले नेता जेएन थपलिया बागमती प्रदेशको आर्थिक मामिला मन्त्री बन्ने

चितवन,पुस २५ चितवनका एमाले नेता जेएन थपलिया बागमती प्रदेशको आर्थिक मामिला मन्त्री बन्ने भएका छन् । मुख्यमन्त्रीको दाबेदारको रुपमा रहेका थपलिया माओवादीको भागमा मुख्यमन्त्री परेपछि दोस्रो बरियतामा रहनेगरी आर्थिक मामिला मन्त्री बनेका हुन् । उनि साढे दुई बर्षपछि मुख्यमन्त्री बन्नेगरी गठबन्धनमा सहमती भएको छ । चितवन क्षेत्र नम्वर १ (क) बाट निर्वाचित थपलिया एमाले बागमती प्रदेश संसदीय दलको नेता हुन् ।

बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी नेता शालिकग्राम जम्मरकट्टेल नियुक्त भएका छन् । बागमती प्रदेशको मुख्यमन्त्रीको शपथ मंगलबार बिहान साढे ९ बजे प्रदेश प्रमुखको कार्यालयमा हुने भएको छ । मुख्यमन्त्रीले शप थग्रहण गरे लगतै नेकपा एमाले तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट एक–एक जनाले मन्त्री पदको शपथ ग्रहण गर्ने भएका छन् ।

राप्रपाबाट भने अहिलेसम्म कस्को नेतृत्वमा सरकारमा सहभागिता जनाउने भन्नेबारे जानकारी आएको छैन । सभामुख पनि राप्रपाले पाएको कारण संसदीय दलको नेता सभामुख बन्नेकी मन्त्री भन्ने अन्योलता रहेको राप्रपाको श्रोतको दाबी छ । तर आज मध्यरातसम्मका राप्रपाले पनि सरकारमा जाने व्यक्तिको छनोट गर्ने बुझिएको छ ।त्यसबाहेक एकिकृत समाजवादी र हाम्रो नेपाली पार्टीलाई पनि अर्को चरणको मन्त्रिपरिषद् विस्तारको समयमा समावेश गर्ने तयारी सत्ता गठबन्धनको रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार