राप्तीका अवैद्य रुपमा थुपारेका ढुङ्गा गिट्टी नगरपालिकाको नियन्त्रणमा

पुस २५, राप्ती । राप्ती नगरपालिका विभिन्न स्थानमा थुपारिएका अबैद्य ढुङ्गा , बालुवा र गिट्ीलाइ नियन्त्रणमा लिइएको छ । नगरका प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्सालको नेतृत्वमा गएको टोलिले सोमवार २७ ट्रिपर भन्दा बढी ढुङ्गा नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका ढुङ्गालाइ अहिले नगरपालिकाको प्राङ्गगढमा राखिएको छ । सोमवार राप्ती ९ को रस्यौलीमा नगरले नदिजन्य सामाग्रि नियन्त्रणमा लिएको हो । सो समयमा वडा नं ९ का अध्यक्ष खड्क बहादुर तामाङ्ग, इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख कुमार गुरुङ्ग , नगरका इन्जिनियर सन्दिप ओझा र रुपक सुवेदीको टोलि रुस्यौलीमा पुगेको हो ।
नगरपालिकाले नियन्त्रणमा लिएको नदिजन्य पदार्थको बिषयमा पछि निर्णय गर्ने प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्सालले बताउनु भयो । पछि टेण्डर गराउने वा नगरपालिकाको निर्माणधिन काममा प्रयोगमा लगाउने भन्ने बिषयमा निर्णय नभएको लम्सालले बताउनु भयो ।
लम्सालले यो संगै जो जसले यसरी अबैद्य रुपमा संकलन गरिएका नदि जन्य पदार्थको प्रकृया नपुगेको हो भने सो नगरपालिकाले नियन्त्रणमा लिने भन्दै स्थानिय व्यापारी वाट सहयोगको अपेक्षा रहेको बताउनु भयो । गृह मन्त्रलायकोनै निर्देशन आएपछि नगरपालिकाले अहिले नदिजन्य पदार्थको नियन्त्रणमा कडाइ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार