आजदेखि १४औँ चितवन महोत्सव सुरु हुँदै

चितवन, पुष २५-

उद्योग वाणिज्य संघ चितवनको आयोजनामा १४औँ चितवन महोत्सव आजदेखि नारायणनी नदी किनारमा सुरु हुँदै छ । महोत्सवको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

यस पटक महोत्सव उद्घाटन अघि शोभा यात्रा ननिकालिने महोत्सव मूल आयोजक समिति संयोजक एवं उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बताए । महोत्सव आगामी माघ ४ गतेसम्म चल्ने छ ।

विसं २०५३ देखि हरेक दुई वर्षमा महोत्सव हुँदै आइरहेको छ । महोत्सवमा रहने सम्पूर्ण स्टल बिक्री भइसकेको श्रेष्ठले जानकारी दिए । यसपटकको महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आईटीका छुट्टैछुट्टै परिसर रहने श्रेष्ठले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार