पुस २३ , परेवाकोट । पुसको चिसोमा राप्ती १ परेवाकोट जाने वाटोमा २० बर्षकि प्रेमिका प्रजा आफ्नो काखे वालक लिएर बस्दै आएकि छिन । घर खर्चको लागी उनका श्रीमान कमाउन बाहिर गएका छन । काखमा बच्चा च्यापेर उनि आफ्नो दैनिकीमा छिन । उनकै आगनमै झुप्रो अर्काे घर रहेको छ । बर्ष २१ की बुद्धिमाया चेपाङ्गको उनको त झन घर भन्न पनि गाह्रो रहेको छ । घाम र शित मात्र धान्छ । एक दर्काे पानी आयो भने उनको घरमा बस समेत गाह्रो हुन्छ । बुद्धिमायाको श्रीमान पनि कमाउनको लागी वाहिर रहेका छन । उनको ३ वटा काखे वालक छन । उनको नागरिकता समेत छैन ।
अनुगमनको सिलसिलामा राप्ती नगरपालिकाका नगर प्रमुख एक हप्ता अघि सो स्थानमा पुगे । मुख्य राजमार्ग वाट केहि माथि मात्र रहेको सो स्थानमा आफ्ना जनताको दुखद दैनिकी देखेर मेयर लामाले तत्कालको लागी आवश्यक प्रबन्ध मिलाएका छन । मेयर लामाले सवैभन्दा पहिले खानेपानी र सो को व्यवस्थापनको लागी आवश्यक २ सय मिटर पाइपको व्यवस्थापन गरेका छन । यसका अलवा प्रेमिका प्रजाको घरमा आवश्यक १२ पाता जस्ता टिनको समेत व्यवस्थापन गरेर शनिवार आफै सो स्थान पुगे ।
यसअघि जादा मेयर लामालाइ प्रेमिका र बुद्धिमायाले चिन्न सकेनन । को आउनु भयो ? किन आएको ज्ञान समेत भएन । आफु को हु भनेर लामा आफैले आफ्नो परिचय दिएका थिए । उसोत प्रेमिका र बुद्धिमायालाइ नगरको मेयर को हुन ? उनको काम के हो भन्ने समेत ज्ञान थिएन । यो पटक भने मेयर लामालाइ उनिहरुले चिने र आफ्ना केहि कुरा समेत सुनाए ।
२० बर्षकि प्रेमिका प्रजालाइ बाख्रा पाल्न मन रहेछ । उनलाइ बाख्रा पाए पाल्न हुन्थ्यो जस्तो लागेको रहेछ । अहिले २ वटा बाख्रा रहेको थप बाख्रा पाए पाल्न सकिने उनले गुनासो सुनाइन । उनले घरमा बिजुली नभएको , घास को अभाव रहेको साथै खेति योग्य जमिन नभएको समेत गुनासो गरिन । उनले नगरले गरेको सहयोग टिनलाइ छाउने मान्छे समेत नभएको बताइन । मेयर लामाले प्रजालाइ बाख्रा उपलव्ध गराउने बचन दिएका छन । खानेपानीको मात्र नभइ सिचाइको लागी पनि पाइप प्रयोगमा आउने बताए । स्थानिय सरकारले निशुल्क मिटर बक्स दिएकाृ भन्दै वडामा सम्र्पकमा अनुरोध गरे ।
मेयर लामालाइ बुद्धिमायाको समस्या सुन्दा दुख लागेको बताए । बुद्धिमाया २१ बर्षकि भइन । उनिसंग नागरिकता छैन । ३ बालबच्चाको जन्मदर्ता समेत छैन । उनका श्रीमान काम खोज्दै घर भन्दा टाढा छन । उनको वस्ने वासस्थान समेत कमजोर रहेको छ । मेयर लामाले तत्काल नागरिकता बनाउन सुझाएका छन । नागरिकता बन्ने वित्तिकै बुद्धिमायाको घर बन्ने उनले बताए ।
राप्ती नगरपालिकामा बर्षमा कम्तिमा सय घर निर्माणमा मेयर लामा लागि परेका छन । जो विपन्न रहेको छ । उनिहरुको घर निर्मा०ामा आफु लागि पर्ने बताए । पहिलो आवश्यकता गास वास कपास रहेको भन्दै लामा विदाको दिन गाउ गाउ जाने गरेका छन । स्थानिय जनतासंग घुलमिल हुने समस्या समाधानमा लागि परेका छन । उनी शनिवारको दिन जनताको लागी सर्मपण गर्न पाएकोमा खुशि छन ।