खिचरा महोत्सवमा जिल्ला स्तरीय भलिवल प्रतियोगिता हुने

spot_img

खैरहनी । खिचरा महोत्सवमा जिल्ला स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । थारु कल्याणकारीणी सभा क्षेत्र न ७ को आायोजनमा पुष २८ देखि माघ ४ गते सम्म सञ्चालनमा हुने आठौ खिचरा महोत्सव परिसरमा प्रतियोगिता हुनेछ । । प्रतियोगितामा १० देखि १२ टिम सहभागिता रहने आयोजकले जनाएको छ । भलिवल प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीहरुको सहभागिता रहने छ । हाल सम्म ७ टिमले दर्ता गराइसकेको र दर्ता हुने क्रम जारी रहेको शिक्षा तथा खेलकुद समितिका संयोजक धनवर चौधरीले बताए । उनका अनुसार प्रतियोगितामा विजेताले नगद रु ४० हजार, उपविजेताले नगद रु २० हजार र तृतिय हुनेले १० हजार, ट्रफि, मेडल प्राप्त गर्नेछन। त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक जनालाई उत्कृष्ट खेलाडीको रुपमा सम्मान स्वरुप नगद ४ हजार सहित मेडल प्रदान गरिने जनाएको छ। त्यसैगरी उत्कृष्ट सटर, डिफेन्डर र क्वीकरलाई पनि नगद सहित मेडल प्रदान गरिने संयोजक चौधरीले बताए । प्रतियोगिताले खेलकुद प्रेमी दर्शकहरुलाई आकर्षिक गर्ने आयोजकको अपेक्षा रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार