खिचरा महोत्सवमा ‘लोपोन्मुुख थारु लोक साहित्य’ प्रवद्र्धन गरिने

कुनै सुन्दर युवती देखेपछि थारु युवक मोहित हुन्छ । त्यसपछि युवतीको मनस्थिति बुझ्न युवकले यसरी सवाल प्रस्तुत गर्ने गर्दछ । यस्तो सवाल सुनेपछि प्रत्युत्तरमा युवतीले लयात्मक लवजमा जवाफ फर्काउँछिन् ।

यसखालको सवाल–जवाफलाई थारु लोक साहित्यमा “गाहा” भनिन्छ । विगतमा यसखालका मौखिक लोक साहित्य थारु गाउँघरमा निकै चर्चित थियो । तर विस्तारै लोप हुँदै गयो । लयात्मक शैलीमा सवाल जवाफ गरिने भएकोले पनि धेरैजसोका लागि यो गाह्रो हुन्थ्यो । गाहा केटाकेटीमा मात्र नभई श्रीमान् श्रीमती बीच पनि हुन्थ्यो ।

यस किसिमको सवालहरुलाई लयबद्ध जवाफ फर्काउन नसक्दा एकदुई शब्दमै पनि जवाफ फर्काइन्थ्यो । एकदुई शब्दमा जवाफ आउने सवाल जवाफलाई “पेहनी” भनिन्छ । नेपाली भाषामा यसलाई “गाउँ खाने कथा” भनिन्छ ।

नेपाली भाषा साहित्यमा गाउँ खाने कथाको अस्तित्व अझै छ । तर थारु लोक साहित्यमा पेहनी सँस्कृति युवा जमातमा लोप हुँदै गईरहेको छ । यस वर्षको खिचरा महोत्सवमा यसखालको प्रश्नोत्तरले स्थान पाउने भएको छ ।

यस्ता सयौं पेहनीको सवाल जवाफको रौनक यसवर्ष आठौं खिचरा महोत्सवमा पहिलो पटक देख्न पाइने भएको छ । यहि पुस २८ देखि माघ ४ गतेसम्म चितवनको खैरहनी नगरपालिका वडा नं. ५, गौचरनमा हुने आठौं खिचरा महोत्सवमा थारु लोक साहित्यलाई जगेर्ना गर्नका लागि “जिल्ला स्तरीय पेहनी होड” कार्यक्रम पनि राखिएको छ । कार्यक्रममा थारु कल्याणकारिणी सभा चितवनको हरेक क्षेत्रबाट तीन–तीन जनाको एउटा समूह बनाई भाग लिन सकिनेछ । विजेता समूहलाई नगद पुरस्कार र प्रमाण पत्रको व्यवस्था गरिएको छ ।

लोपोन्मुख थारु साहित्य जगेर्नाका लागि खिचरा महोत्सवमा पेहनी होड कार्यक्रम आयोजना गरिन लागेको थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय सदस्य लक्ष्मण प्रसाद चौधरीले बताउनुभयो । महोत्सवमा भलिबल, चित्रकला, नृत्य लगायत थुप्र्रै खुला प्रतियोगिताको आयोजना गरिएको र थारु विशेषका लागि पेहनी होड आयोजना गरिएको मूल समिति संयोजक कृष्णलाल चौधरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार