शहीद बलराम दुग्ध सहकारीको साधारण सभा : १२ जना उत्कृष्ट किसान पुरस्कृत

रत्ननगर । राप्ती ७ बीरेन्द्रनगरमा रहेको शहीद बलराम दुग्ध उत्पादक सहकारी संस्था लि.को २९औं बार्षिक साधारण सभा शनिबार गरिएको छ ।

वागमती प्रदेशका सांसद जेएन थपलिया प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाका अध्यक्ष छविलाल भूषाले बार्षिक प्रगति प्रतिवेदन,लेखा समिति संयोजक ओमराज खरेलले आन्तरिक लेखा परीक्षण प्रतिवेदन, पशुधन सुरक्षण समितिका संयोजक शुभलाल शर्माले सो समिति अन्र्तगत भएका काम र त्यसको प्रगति विवरण तथा संस्थाका व्यवस्थापक खुदयराज पन्तले चालु आर्थिक बर्षको प्रस्तावित कार्यक्रम तथा अनुमानित बजेट प्रस्तुत गरेका थिए ।

सो संस्थाले साधारण सभाको अबसरमा उत्कृष्ट १२ जना किसानलाई पुरस्कृत गरेको छ । संस्थामा सबैभन्दै बढी दुध ल्याउने मलाङ लामा,तिलोचन कँडेल,तारासिंह गुरुङ, राजन कुमार अधिकारी,मनबहादुर तामाङ,सीताराम लामा,प्रेमप्रसाद भूषाल, नारायणी सापकोटा,जगमाया थापामगर, दीलमाया थापा, बासुदेव सुवेदी र रुद्र बहादुर क्षेत्री पुरस्कृत भएका हुन ।

उनीहरुलाई नगद पुरस्कार सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको संस्थाका व्यवस्थापक पन्तले जानकारी दिए । सो अबसरमा ६ जना ज्येष्ट शेयर सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । सो सहकारीले आर्थिक बर्ष २०७८÷७९ मा कुल आम्दानी १९ करोड १७ लाख ७९ हजार ८९९ आन्दानी गरेको सो सहकारीले १९ करोड १५ लाख १० हजार ७६७ खर्च कटाएर २ लाख ६९ हजार १३२ रुपैया मुनाफा गरेको जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद थपलियाले किसानलाई व्यवसायिक बनाउदै पैसा कमाउन सक्ने गरी किसानमैत्री कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए ।

संस्थाका अध्यक्ष भूषालको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ७ की वडाध्यक्ष सुमिता डल्लाकोटी, वडा नं ८ का वडाध्यक्ष पूर्णप्रसाद आचार्य, संस्थाका सल्लहाकार संयोजक गोविन्द कँडेल,जिल्ला सहकारी संघ चितवनका अध्यक्ष हरिप्रसाद पौडेल,परेवाश्वरी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष दीपक सिलवाल,जनसेवा सहकारी संस्थाका अध्यक्ष खेमराज पाठक,जनमुखी सहकारी संस्थाका अध्यक्ष पूर्णबहादुर खड्का लगायतले मन्तव्य राखेका थिए ।

पशुधन सुरक्षण समितिका कोषाध्यक्ष श्यामलाल कँडेलले सञ्चालन गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष बुद्धिकान्त खरेलले स्वागत मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार