दश बर्षे शिक्षा योजनाको लागी सुझाव सकंलन सुरु : शिक्षामा लगानी गर्न नगर पछि नहट्ने उपप्रमुख लामा

विरेन्द्रनगर । राप्ती नगरपालिकाको शिक्षा शाखाले १० बर्षे नगर शिक्षा योजना निमाणको लागी सुझाव संकलन सुरु गरेको छ । शुक्रवार राप्ती ७ विरेन्द्रनगरमा आयोजना भएको कार्यक्रममा सहभागि वाट नगरको शिक्षाको १० बर्षे योजनाको लागी सुझाव संकलन सुरु गरिएको नगर शिक्षा निर्माण समितीकी सचिव रविना देउजाले बताइन । नगरका उपप्रमुख देवेन्द्र लामाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा नगरका जनप्रतिनिधि सहित राजनैतिक दलका प्रतिनिधि, माध्यमिक विद्यालयका प्रधानध्यापक, आधारभुत विद्यालयका विद्यालय प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा आफ्नो विचार राख्दै कार्यक्रमका प्रमुख अतिथि एवं नगर उपप्रमुख देवेन्द्र लामाले शिक्षाको विकास विना नगर समृद्ध बन्न नसक्ने बताए । लामाले नगरको विकासको लागी आफुहरु सदैव शिक्षामा लगानी गर्न तयार रहेको बताएका हुन । जनतालाइ निशुल्क शिक्षाको अभियानमा आफुहरु लागि परेको बताउदै नगरले शिक्षामा खुलेर लगानी गर्ने बताए । कार्यक्रममा वडा ७ की अध्यक्ष सुमिता डल्लाकोटीले आफुले वडाध्यक्ष भएसंगै वडाको मा रहेको विद्यालयमा लगानी गर्न कन्जुसाइ नगरेको बताइन । कार्यक्रममा राप्ती नगरपालिका वडा नं ९ का वडाध्यक्ष खड्क बहादुर तामाङले शिक्षामा वडागत वाटनै सुधार गर्नुपर्ने बताए । उनले आगामी दिनमा आवश्यक समन्वयन गर्ने बताइन विचार राखिा । कार्यक्रम राप्ती नगर शिक्षा प्रमुख एवं समितीका संयोजक शम्भु प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार