रमाइलो ले एकछिनको लागि खुसी दिन्छ केही दिनको लागि नाम दिन्छ तर राम्रो कामले जीवन भरी जीवन्त रहन्छ“

मैले एकजनालाई सोधे चुरोट,रक्सी, हुक्का, गाँजा किन खानुहुन्छ के फाइदा गर्छ?
उत्तरः– रमाइलो गर्न, यी कुरा खाँदा रमाइलो लाग्छ त्यी भएर
मेरो प्रश्नको उत्तर अहिले सम्म मलाइ चित बुझेको छैन आखिर रमाईलो के लाई भन्छ, के जुन कुराले शरीरको रगत, कलेजो, फोक्सो,मृगौला,मुटु, आँखा, काननाक लगायत अन्य अङ्गलाई घात गर्छ जीवनलाई घात गर्छ, मस्तिष्कलाई छिन्न बनाउँछ, मस्तिष्कको शक्ति कमजोर पार्छ त्यो कुरा कसरी रमाइलो हुन सक्छ होला
रमाइलो भनेको मस्तिष्कको डोपामिन, अक्सिटोसिन, सेरोटोनिन, इण्डोर्फिन जस्ता केमिकल र हर्मोनहरुको प्रभावले मुड को अवस्थालाई खुसी,हाँसो,रमाइलो,सुख, शान्ति मा परिवर्तन गर्छ जसलाई रमाइलो भन्छ िजुन यी हर्मोनहरु दैनिक जीवनमा अनुशासित,ध्यानी, योग गर्ने खानपानमा संयममित व्यक्तिमा उच्च लेभलमा हुन्छ र सधैं व्यलेनस भइरहेको हुन्छ

तर आजकलको पुस्ताले यी हर्मोनहरुलाई अप्रत्यक्ष माध्यमबाट मस्तिष्कमा रिलिज गराएर खुसी, सुख अनुभूति गर्न लागू पदार्थ, खाने पदार्थको प्रयोग गरेर रमाइलो मान्ने गर्छन् जुन घातक हो

बरु यी माथिका खाने पदार्थहरुले यी केमिकलहरलाई घटाउ बढाउ मा भूमिका खेल्छ मुख्य रूपमा यी हार्मोनहरुलाई घटाएर छुटै प्रकारको अनुभूति दिन्छ र मुड लाई परिवर्तन गर्छ जसलाई मानिसले सुख, रमाइलोको संज्ञा दिन्छन्।

तर खासमा त्यो शारीरिक नकरात्मक प्रतिक्रिया हो जुन् दिनदिनै शरीरको अंग र मस्तिष्कलाई खराब बनाउँदै लागिरहेको हुन्छ ।

म जन्मेको र थाहा पाए देखि मेरो परिवारमा ३ पुस्ता देखि अहिले सम्म कोही कसैले सुर्तीजन्य पदार्थ, अल्कोहल, सुपारी जन्य पदार्थ, लगायत अन्य कुनै लागू औषध प्रयोग गर्नुहुन्न मलाई गर्भ लाग्छ मेरो बाबा आमा लगायत सबै परिवार प्रति कृतज्ञ छु की जुन संस्कार, अनुशासन, ज्ञान सिकाउनु भएको छ ति ज्ञान संस्कारले कयौ को ज्यान बचाउन पुनः जीवन दान सहित जीवन जिउन प्रेरणा बन्न पाए कुलत र निराशापना बाट जोगाएर नयाँ जीवन सुरुवात गर्न जोश र जाँगर जगाउन पाएको छु । त्यी नै मेरो लागि ठूलो खुसी र उपलब्धि हो ।

एउटा सानो कथा प्रसङ्ग ः– तपाईं संग एउटा सानो बाइक, कार वा गाड़ी छ जसको मूल्य ३ लाख देखि ६० लाख सम्म पर्ने वस्तुको कति हेरचाह गरेर राख्नु हुन्छ सधैं समयमा सर्भिसिङ्ग, सफा सुग्घर गर्नुहुन्छ पेट्रोल चाहिनेलाई पेट्रोल हालेर ,डिजेल चहिनेलाई डिजेल हालेर चलाउनुहुन्छ धोकाले एक बोतल पानी हाल्यो भने चल्दैन बन्द भइदिन्छ । जब एउटा गाडीलाई चलाउन निश्चित कुरा चाइन्छ भने

झन् अमूल्य पर्ने शरीरको कुनै हेरचाह छैन, गाडीको पार्ट पुर्जाको बनावट जस्तै मानिसको शरीरको भित्री अंगको बनावट त्यस्तै त्यस्तै छ शरीरलाई पनि निश्चित चीज चाहिन्छ मानव जीवन पाउनु नै ठूलो उपलब्धि हो मानव जीवन पाएकोमा भाग्यमानी ठान्नुपर्छ

विशेष गरेर युवा युवती लाई मेरो अनुरोध छ अहीलेको पुस्ता रमाइलोको नाममा जिंदगी बर्बाद पारिरहेको छ
मानव जीवन पाएको ठूलो कुरा हो ठूलो कुरालाई ठूलो कार्य विश्व किर्तिमान देश र समाजको उपलब्धिको लागि खर्च गरौं
ि
रमाइलो ले एकछिनको लागि खुसी दिन्छ केही दिनको लागि नाम दिन्छ तर विश्व कीर्तिमान र समाजको लागि खर्चिनु भएको समय र शक्तिले जीवन रहुन्जेल र जीवन पछि पनि नाम अमर रहन्छ ।

प्रमोद (प्रिन्स) शाह
स्वास्थ्य शाखा सहायक प्रमुख
आँबुखैरेनी गाउँपालिका, तनहुँ
पश्चिमाञ्चल विकस क्षेत्र लोकसेवा आयोग टपर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार