शहीद स्मृति बहुमुखी क्याम्पसको अध्यक्षमा अर्याल

spot_img

रत्ननगर । रत्ननगरमा रहेको शहीद स्मृति बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा इश्वरी प्रसाद अर्याल चयन भएका छन् । सो क्याम्पसको छैठौं क्याम्पस सभाले अर्याललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

अर्याल यस अघि दुई कार्यकाल उपाध्यक्ष भइसकेको व्यक्ति हुन । नेकपा एमालेका नगर कमिटी अध्यक्ष समेत रहेका अर्याललाई राजनीतिक सहमतिका आधारमा अध्यक्ष बनाइएको बुझिएको छ ।

क्याम्पस सञ्चालक समितिको उपाध्यक्षमा नेपाली काँग्रेसबाट राजेन्द्र मैनाली र माओवादी केन्द्रबाट विष्णु पौडेल निर्विरोध चयन भएका छन् ।

१९ सदस्यीय सञ्चालक समिति सदस्यमा नगरका क्रियाशिल राजनीतिक दलहरुले पद बाँडफाँड गरेका छन् । क्याम्पस सञ्चालक समितिको तीन बर्षे कार्यकाल रहने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार