भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका भरतपुर महानगर सचिव कृष्ण राउतले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भरतपुर महानगरपालिकाले शुक्रबार गरेको सार्वजनिक सुनुवाइ कर्मकाण्डी मात्र भएको सवाल उठाएका छन् ।
उनले स्टाटसमा आजको प्रविधिको युगमा पनि सबैलाई समेटेर प्रतिवेदनहरु ल्याउन नसक्नु, सेवाग्राहीका उत्तरहरु पूर्वनिर्मित देखिएको टिप्पणी गरेका छन् । फोहोरको व्यवस्थापनका विषयमा जसले फोहोर निकालेको हो उसैले व्यवस्थापन गर्नुपर्ने विषयमा पनि उनले कटाक्ष गरेका छन् । उनले सार्वजनिक सुनुवाइमा आफ्ना पनि केही प्रश्न रहेको भन्दै लेखेका छन् :
१) भरतपुर ठिमुरामा महिनौँ भयो रामनगरबासीले पानीको लागि जनश्रमदान गरेको पनि महानगरले त्यस कार्यमा आँखा चिम्म गरेर रामनगरमै विभिन्न स्थानमा कुनै दीर्घकालीन योजनाबिना नै अन्धाधुन्ध बोरिङ खनेर स्थानीय बासिन्दाहरुबीच फाटो ल्याउने र विभाजन ल्याउने तरिकाले कुनै समन्वय नै नगरी महानगर अगाडि बढ्नु कति उचित हो ? जनताले गरको विकासको कार्यलाई कुनै पार्टीले गरेको भन्दै बेवास्ता गर्न मिल्छ रु महानगरले समन्वय किन गर्न नखोजेको ?
२) महानगरले फोहोर व्यवस्थापनका लागि जसलाई जिम्मा दिएको हो उसले कतिपय ठाउँमा महिनौँसम्म पनि फोहोर उठाउँदैन ? फोहोर उठाएका कतिपय स्थानहरुमा पनि आधाजसो फोहोर भुईंमै छाडेर दुर्गन्धित अवस्थामै हुन्छ यसको अनुगमन किन नगरेको रु नारायणीकिनारमा लगेर फोहोर फाल्ने महानगरको फोहोरी तरिकालाई महानगरबासीले कहिलेसम्म स्वीकार गरिरहनु पर्ने ?
३) महानगरीय प्रहरीले अहिलेसम्म गरेको प्रगति भनेको साना व्यवसायीहरुलाई त्रसित पार्ने, उनीहरुबाट उस्तै पर्दा पैसा पनि असुल्नेबाहेक के छ ? विभिन्न टोली बनाएर उल्लेखनीय र देखिने काममा उनीहरुलाई किन महानगरले काममा लगाउन नसकेको ?