राप्ती-४ द्वारा जस्ता वितरणको लागि निरीक्षण

राप्ती नगरपालिका वडा नम्बर-४ ले जस्ता वितरणको लागि घरधुरी निरीक्षण गरेको छ । वडाले विपन्न परिवारको लागि वार्षिक कार्ययोजना अन्तर्गत ३ लाख बजेट विनियोजन गरेको थियो । जसबाट प्राथामिकीकरणको आधारमा जस्ता वितरण गरिने वडा कार्यालयले जनाएको छ ।
जस्तापाताको लागि वडामा ६८ वटा निवेदन परेका छन् । अति विपन्न पहिचान गरि जस्ता वितरण गरिने कार्यपालिका सदस्य रमिता परियारले बताइन् । “निवेदन परेकामध्येहरुबाट अति विपन्न परिवारको पहिचान गरि आवश्यक जस्ता वितरण गर्नेछौँ ।” उनीले भनिन् “यति बजेटले सबैलाई पुग्दैन, अन्यलाई नगरसँग समन्वय गरेर जस्ता वितरण गर्नेछौँ ।”
वडाले पौष २० र २१ गते घर निरीक्षण गरेको हो । निरीक्षणमा कार्यपालिका सदस्य एवम् वडा सदस्य रमिता परियार, वडा सदस्यहरु झमक बहादुर श्रेष्ठ, रमेश श्रेष्ठ, शान्तिमाया खुलाल, माओवादी केन्द्र वडा-४ का अध्यक्ष भिमानन्द पराजुली, मिलन टोल विकास समितिका अध्यक्ष प्रेम बहादुर राई, शिवपुर आदर्श टोल विकास संस्थाकी अध्यक्ष चित्रमाया गौतम, किराँतेश्वर टोल विकास संस्थाका अध्यक्ष हेमराज खरेलले विपन्न घरधुरी पहिचानको लागि निरीक्षण गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार