जनजागृत सहकारीको साधरणसभा सम्पन्न : शेयर रकमलाई वृद्धि गरि बचत तथा ऋण कार्यलाई अझ विस्तार गरिने

पुस २२, राप्ती । राप्ती नगरपालिका ५ मा रहेको जनजागृत हरियाली ताजा तरकारी तथा फलफूल सहकारी संस्थाको आफ्नो २२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा संस्थाले आगामी नीति तथा योजनाहरु निर्माण गरेको छ । संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको अध्यक्ष धर्मराज कँडेलले कृषकहरुलाई बालीमा लाग्ने किराको र विभिन्न प्रकोपको बारेमा जानकारी पाउन मन्त्रालयसँग एल.इ.डी टिभी माग गर्ने बताए ।
शेयर रकमलाई वृद्धि गरि बचत तथा ऋण कार्यलाई अझ विस्तार गरिने उनले बताए । विषादी न्यूनीकरणको लागि आइ.पि.एम सम्बन्धि तालिमको व्यवस्था गरिने उनले बताए । “यस सहकारी संस्थाको कार्यक्षेत्र रहेको १५ वटा वडामा कृषकहरुको लागि तालिमको व्यवस्था गरिने छ ।” उनले भने “तरकारी विविधिकरणको लागि सम्बन्धित निकाय तथा कृषकहरुसँग उपयुक्त छलफल गरि कार्य सञ्चालन गरिने छ ।”
कार्यक्रमको अतिथि राप्ती–७ कि वडा अध्यक्ष सुमिता डल्लाकोटीले किसानहरु प्रति चिन्ता लागेको बताइन् । उनीले किसानको आवश्यकताहरु पहिचान गर्न संस्थालाई निर्देशन दिएकी छन् । साथै पशुपालन, कुखुरा पालनलाई अगाडि बढाउन डल्लाकोटीले अनुरोध गरेकी छन् । स्थानीय सरकार संस्थाको साथमा भएकोले समन्वय गर्न उनीले आग्रह गरेकी छन् । स्थानीय सरकारको समन्वयमा बिचौलिया अन्त्य गर्ने कार्यक्रम भइसकेकोले प्रगतिप्रति उनले ध्यानाकर्षण गरेकी छन् ।

यस्तै कार्यक्रमको प्रमुख अतिथि देवेन्द्र लामाले कृषकहरुको हकको लागि आफूहरू छलफल गर्न तयार रहेको बताए । मलको अभाव अन्त्य गर्न आफूहरु अगाडि बढ्दा देशको नितिको कारण समस्या समाधान हुन नसकेको उनले बताए । संस्थाले मात्र मलको माग पूरा गर्न नसक्ने हुँदा नगरले किसान कार्ड बनाइ अगाडि बढ्ने उनको भनाइ थियो । यसरी अगाडि बढ्दा मल वितरण अनुशासित हुने र अहिलेको भन्दा दुई गुना बढी मल प्राप्त हुने उनले दाबी गरे ।

संस्थाले धेरै मात्रामा तरकारी बेच्ने तथा मल बीउ बिजन खरिद गर्ने कृषकहरुलाई सम्मान गरेको छ । तरकारी बिक्रीतर्फ हरि प्रसाद दाहाल प्रथम भएका छन् । यस्तै सीता विक, कुल बहादुर श्रेष्ठ, मोहनकृष्ण श्रेष्ठ, लालबाबु शाह क्रमश दोस्रो, तेस्रो, चौथो र पाँचौ भएका छन् । मल बीउ विजन तथा औषधी खरिद तर्फ खेम प्रसाद दाहाल प्रथम भएका छन् भने शनिश्चरा चौधरी दोस्रो, लाल बहादुर श्रेष्ठ तेस्रो, कान्छीमाया चौथो र गिरीराज सुवेदी पाँचौ भएका छन् ।

राप्ती–६ का वडाध्यक्ष जल्लु महतोले स.स्थाले किसानको लागी काम गर्नुपर्ने बताए । उनले किसानमुखि क्रियाकलापमा जोड दिनुपर्ने बताए । संस्थाले अहिले कृषकको लागी राम्रा काम गरेको भन्दै आगामी दिनको लागी समेत शुभकामना व्यक्त गरे । सभामा विभिन्न संघसंस्था तथा सहकारीका पदाधिकारीको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन संस्थाकी सचिव तुलसी कुँवरले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार