राप्ती नगरपालिकामा प्रहरीद्धारा गाँजा र अफिम खेती नष्ट

भरतपुर । राप्ती नगरपालिका स्थितमा अवैध रुपमा लगाइएको गाँजा र अफिम खेती नष्ट गरिएको छ।

अवैध रुपमा गाँजा र अफिम लगाएको छ भन्ने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले राप्ती नगरपालिका–११ स्थित थाकलटार, बराईनटार, डिहीटार र रेवतीखोला नष्ट गरेको छ।

राप्ती नगरपालिका–१२ स्थित तिरुवा, बडयालपोखरी, होङपुङ, म्पातराङ र च्यात्राङमा अन्दाजी २० बिगाहा क्षेत्रफलमा लगाइएको गाँजाखेती र ७ कट्ठा क्षेत्रफलमा लगाइएको अफिम खेती फडानी गरी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार