खैरहनी महोत्सव प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

खैरहनी । बागमती प्रादेशिक तथा दोस्रो खैरहनी महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् । माघको पहिलो साता खैरहनी–२, लदरी खोलाकिनारमा महोत्सव हुँदैछ ।

महोत्सवको प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने निश्चित भएको आयोजक खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सवका संयोजक दिपेन श्रेष्ठले जानकारी दिए । ‘राजनीतिमा कुनै फेरबदल नभए प्रधानमन्त्री प्रचण्ड उद्घाटन गर्न आउने निश्चित भएको छ’, संघका अध्यक्ष श्रेष्ठले भने ।

प्रमुखअतिथिको निम्तो दिन संघका पदाधिकारी तथा नेताहरु काठमाडौँ गएका थिए । भेटमा प्रधानमन्त्री प्रचण्डले आफू सो महोत्सवको उद्घाटनमा आउने बचन दिएको संघका अध्यक्ष श्रेष्ठले बताए । खैरहनी महोत्सव माघ ४ गतेदेखि १५ गतेसम्म हुँदैछ ।

कोभिड सङ्क्रमणका कारण बीचमा रोकिएको महोत्सव यसपटक प्रादेशिक महोत्सवका रुपमा आयोजना गर्न लागिएको हो । महोत्सवको तयारी तीव्र गतिमा भइरहेको संघका प्रथम उपाध्यक्ष कुमार खनालले जानकारी दिए । ‘आन्तरिक र बाह्य तयारी तीव्र पारिएको छ’, उपाध्यक्ष खनालले भने, ‘अहिलेसम्म करिब ८० प्रतिशतभन्दा बढी काम सकिइसकेको छ ।’

महोत्सवलाई सफल बनाउन संघले टोल विकास संस्थादेखि विभिन्न संघसंस्थासँग अन्तक्र्रिया गरेर सुझाव संकलन गर्ने काम पनि गरिरहेको जनाएको छ ।

‘महोत्सवलाई सबै नगरवासीको अपनत्व गराउने गरी सहकार्य गर्दैछौँ’, संघका अध्यक्ष श्रेष्ठले भने, ‘छलफल र भेटघाटका क्रममा सबैबाट सकारात्मक सहयोग र प्रतिबद्धता पाएका छौँ, महोत्सवलाई ऐतिहासिक बनाउनतर्फ हाम्रो ध्यान छ ।’ यसपटक कृषि, पर्यटन र उद्योगलाई महोत्सवमा विशेष प्राथमिकता दिइएको संघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार