भयावह भइसकेको डेङ्गु तत्काल नियन्त्रण गर्न चिकित्सकहरूको सुझाव

काठमाडौँ । पछिल्लो समय नेपालमा फैलिएको डेङ्गु प्रकोप तत्काल नियन्त्रण गर्न चिकित्सकहरूले आग्रह गरेका छन् । सरकारले डेङ्गु नियन्त्रणमा तुरुन्त प्रभावकारी कदम चाल्नुपर्ने उनीहरूको आग्रह छ। हरेक अस्पतालका शय्याहरू डेङ्गुका बिरामीले भरिएको चिकित्सकहरूको भनाइ छ ।

डा सुन्दरमणि दीक्षितले नियन्त्रणका लागि लामखुट्टे मार्ने धुवाँको प्रयोग गर्र्नुपर्ने बताए। डेङ्गु नियन्त्रण गर्नु सरकारको मात्र जिम्मेवारी नभएको भन्दै उनले स्वास्थ्य मन्त्रालय मातहतका कार्यालय र स्थानीय निकाय गम्भीरताका साथ खटिनुपर्नेमा जोड दिए ।

डेङ्गु प्रकोपले पछिल्लो समय कडा रूप लिँदै गएको बताउँदै डा दीक्षितले आफूले प्रत्येक दिन जाँच गर्ने १० बिरामीमध्ये दुई/तीन डेङ्गु सङ्क्रमित हुने उल्लेख गरे । स्वास्थ्य मन्त्रालयले लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान दुई महिना अगाडिदेखि सञ्चालन गरेको भए यस्तो अवस्था नआउने सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले बताए ।

एकै परिवारका सदस्य पालैपालो अस्पताल पुग्ने गरेको स्मरण गराउँदै डेङ्गु प्रकोपले भयावह रुप लिइसकेको उनको भनाइ छ। “नेपालले अब समयमै नियन्त्रण नगरे अझै ठूलो समस्या निम्तन सक्छ”, उनले भने ।

सरकारले  डेङ्गु नियन्त्रणका लागि सञ्चालन गरेको अभियान प्रभावकारी भएको भन्दै लामखुट्टेको लार्भालाई खोजेर नष्ट गरेमा एडल्ट लामखुट्टे नियन्त्रण गर्न सकिने सरुवा रोग विशेषज्ञ डा गरिबदास ठाकुरको भनाइ छ। उनले जनचेतना अभिवृद्धि गरेर, सरकारले विज्ञहरूको सल्लाहमा अघि बढेमा प्रकोप नियन्त्रण गर्न सकिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार