काठमाडौँ । अस्ट्रेलियाविरुद्धको दोस्रो टी–ट्वेन्टी सिरिजमा भारतले जित निकालेको छ ।
नागपुरमा जारी तीन म्याचको सिरिजको दोस्रो खेलमा भारतले ६ विकेटको जित निकालेको हो। वर्षाका कारण ८ ओभरमा झारिएको खेलमा भारतले टस जितेर अस्ट्रेलियालाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।
अस्ट्रेलियाले पूरै ओभरमा पाँच विकेटको क्षतिमा ९० रन बनायो। जसमा म्याथु वेडले सबैभन्दा धेरै ४३ तथा एरोन फिन्चले ३१ रन जोडे। भारतका लागि अक्षर पटेल २ तथा युजबेन्द्र चहलले १ विकेट लिए ।
९१ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको भारतले ७ दशमलब २ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। भारतका लागि रोहित शर्माले नटआउट ४६ रन जोडे। यो सँगै भारत र अस्ट्रेलियाबीचको तीन खेलको टी–ट्वेन्टी सिरिजमा १–१ को बराबरी भएको छ ।