गठबन्धनलाई सकसै-सकस : सिट बाँडफाँट गर्न उठबस !

काठमाडौँ । मंसिर ४ गते हुने चुनावमा पनि तालमेल गरेर जाने निर्णय गरेका सत्ता गठबन्धनभित्र सिट बाँडफाँट अझै मिल्न सकेको छैन । महिनौँदेखि छलफल भइरहे पनि सहमति जुट्न नसकेको हो ।

सिट बाँटफाँटका लागि भन्दै बसेका बैठक केवल उठबसमा मात्रै सीमित भएका छन् । एकले अर्कोको प्रस्ताव स्वीकार गर्न नसक्दा उनीहरूलाई सकसवाहेक केही उपलब्धि हात लागेको अवस्था अहिलेसम्म देखिएको छैन् ।

हिजोको बैठक पनि सहमतिमा पुग्न नसकेपछि आज फेरि छलफल हुने नेताहरुले बताएका छन् । झण्डै एक सय सिटमा दलहरूको एकल दाबी रहेको र बाँकी सिटमा एकभन्दा धेरै दलको दाबी हुँदा कुरा मिल्न नसकेको नेताहरुको भनाइ छ ।

प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाका ३ सय ३० वटै चुनावमा गठबन्धन गर्ने उनीहरुको प्रयास छ । गठबन्धनमा ठूलो दल नेपाली कांग्रेसले बढी सिट लिन खोजेको भन्दै अरु दल असन्तुष्ट छन् भने आफूभन्दा साना दलले हैसियतभन्दा बढी सिट लिन खोजेको भन्दै कांग्रेस पनि असन्तुष्ट छ ।

गठबन्धनमा दुई महिना अगाडि नै चुनावी तालमेल गर्ने सहमति भए पनि सिट बाँडफाँटको टुङ्गो लागेको छैन । हिजो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत गठबन्धन दलका शीर्ष नेताहरू र सिट बाँडफाँट कार्यदलका सदस्यहरूबीच छलफल भएको थियो ।

हिजोको छलफल पनि टुङ्गोमा पुग्न नसकेपछि आज फेरि छलफल हुन लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार