अमेरिकामा कोरोना महामारी अन्त्य भएको बाइडेनको घोषणा

काठमाडौँ । राष्ट्रपति जो बाइडेनले अमेरिकामा कोरोना महामारी अन्त्य भएको घोषणा गरेका हुन् । बाइडेनले अझै केही समस्या रहे पनि सुधारको सन्तोषजनक अवस्था देखिएको भन्दै महामारी अन्त्य भएको घोषणा गरेका हुन् ।

सीबीएस न्यूजलाई दिएको अन्तर्वार्तामा बाइडेनले कोरोना नियन्त्रणमा अमेरिकाले निकै धेरै काम गरिरहेको बताए । अमेरिकाले देशका ६५ प्रतिशत जनसंख्यालाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा दिइसकेको छ ।

अमेरिकामा कोरोनाका कारण १० लाखभन्दा बढी मानिसको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अहिले पनि दैनिक ४ सय बढी मानिसको मृत्यु भइसकेको छ ।

गत हप्ता मात्रै कोरोनाबाट तीन हजारभन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरिएको छ । सन् २०२१ को जनवरीमा कोरोनाबाट एक हप्तामा २३ हजार मानिसको मृत्यु भएको थियो ।

केही दिनअघि विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका प्रमुखले कोरोना महामारी अन्त्य हुन लागेको संकेत प्राप्त भएको बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार