गोठाटार गोलीकाण्डका घाइते दर्जीको मृत्यु

spot_img

काठमाडौँ । काठमाडौँको गोठाटारमा आज साँझ गोली प्रहारबाट घाइते भएका लाल मोहम्मद दर्जीको मृत्यु भएको छ। त्रिवि शिक्षण अस्पतालमा उपचाररत घाइते मोहम्मद दर्जीको उपचारकै क्रममा मृत्यु भएको हो ।

सर्लाहीको हरिवन नगरपालिका–२ घर भएका ५५ वर्षीय उनले गोठाटारमै एभेन्जर इन्टरप्राइजेज गार्मेन्ट सञ्चालन गर्दै आएको खुलेको छ। रातो रंगको सर्ट लगाएर पल्सर मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेर भागेको प्रहरीले जनाएको छ ।

व्यवसायी लाल महम्मदमाथि चार राउण्ड गोली प्रहार भएको थियो। प्रहरीका अनुसार महम्मदको टाउकोमा दुईवटा गोली लागेको थियो। त्यस्तै कम्मर र कोखामा एक–एक गोली लागेको बताइएको छ। घटनास्थलमा फालिएको अवस्थामा पेस्तोल पनि फेला परेको प्रहरीले जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार