महिला साफ च्याम्पियनसिप : बंगलादेशसँग नेपाल ३–१ ले पराजित

काठमाडौँ । राजधानीको दशरथ रंगशालामा भएको महिला साफ च्याम्पियनसिपमा नेपाल छैटौं पटक पनि उप-विजेतामै सीमित भएको छ ।

आज भएको फाइनलमा नेपाललाई ३-१ गोलले पराजित गरी बंगलादेश पहिलो पटक साफ च्याम्पियन बनेको छ । यसअघिका ५ वटा साफमा नेपाल लगातार फाइनलमा भारतसँग पराजित हुँदै उप-विजेतामा नै सीमित हुँदै आएको थियो ।

यसपटक नेपालले बंगलादेशसँग खेलेको फाइनलमा पनि नेपालले उप-विजेतामै चित्त बुझाउनु पर्‍यो । बंगलादेशले खेलको पहिलो हाफमा २ गोलले अग्रता लिएको थियो। उसका लागि श्रीमती सरकारले २ गोल र साम सुनाहरले १ गोल गरे ।

नेपालले भने सान्त्वना गोल फर्काउन दोस्रो हाफ कुर्नु परेको थियो। नेपालका लागि भने अनिता बस्नेतले १ गोल गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार