संविधान दिवस : ९९८ जना मानपदवी, अलङ्कार र पदकबाट विभूषित

काठमाडौँ । संविधान दिवसको अवसरमा ९ सय ९८ जनालाई मानपदवी, अलङ्कार र पदकले विभूषित गरिने भएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णय अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । पदक पाउने व्यक्तित्वहरूको नामावली गृह मन्त्रालयले सार्वजनिक गरेको छ ।

नेपाल रत्न पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई प्रदान गरिएको छ । त्यस्तै राष्ट्र गौरवबाट स्वर्गीय जीवराज न्यौपाने ‘आश्रित’, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई विभूषित गरिएको छ ।

सुप्रसिद्ध प्रबल जनसेवाश्री संस्कृतिविद् डा. जगमान गुरुङलाई प्रदान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार