काठमाडौँ । काठमाडौं महानगरपालिकाका सार्वजनिक स्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनमा निषेध गरिएको छ ।
महानगरपालिकाको ११ औं अधिवेशनले सार्वजनिक स्थलमा धूमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यन्वयन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार शनिबार (असोज १ गते)देखि सार्वजनिक स्थानमा चुरोट, बिँडी, सिगार, तमाखु सुल्पा, कक्कडका साथै कच्चा सुर्ती, खैनी, गुट्खालगायत पदार्थ सेवन गर्न निषेध गरेको हो ।
महानगरपालिकाले यसअघि नै सूचना निकालेर कानुन उल्लंघन गर्ने व्यक्तिलाई सार्वजनिक स्थलबाट निकाल्ने वा एक सय रुपैयाँसम्म जरिबाना गर्ने जनाएको छ। सार्वजनिक ठाउँलाई धुम्रपान र सुर्तीजन्य पदार्थ मुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गरेको छ ।