न्युयोर्कमा ८० हजार जना घर विहीन

spot_img

अमेरिका । अमेरिकाको सबैभन्दा बढी जनसंख्या भएको सहर मानिने न्युयोर्कमा ८० हजार मानिस घर विहीन रहेको पाइएको छ ।

झण्डै १५० वर्षदेखि घरबार विहीन र खाद्य अभावमा रहेकाहरूलाई सेवा गर्दै आएको बोवेरी मिसनले सार्वजनिक गरेको विवरणमा न्युयोर्कका मात्रै ८० हजार मानिसको घर नरहेको देखिएको हो ।

सन् १९३० को दशक पछि पहिलो पटक घरबारविहीन भएकाहरूको संख्या यति धेरै देखिएको सो संस्थाका अधिकारीहरूले जनाएका छन् ।

न्युयोर्क नगरको सामाजिक सेवा विभागले भने ५५ हजार ३३८ जना मात्रै घरबार विहीन रहेको जनाएको छ। विभागको वेबसाइटमा उल्लेखित ५५ हजार मध्ये १८ हजार भन्दा बढी बालबालिका रहेको उल्लेख गरिएको छ।   घरबार विहीन रहेका सबैलाई अहिलेसम्म पनि अस्थायी शिविरमा राखेर सेवा दिइरहेको विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार