महिला साफको इतिहासमा भारतमाथि नेपालको पहिलो ऐतिहासिक जित

spot_img

काठमाडौँ । राजधानीमा जारी महिला साफ च्याम्पियनशिपको दोस्रो सेमिफाइनलमा नेपालले भारतलाई १-० गोलले पराजित गर्दै फाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफको इन्जुरी समयमा रश्मिकुमारी घिसिङले ​गरेको गोल नै नेपाललाई जिताउन पर्याप्त भयो ।

रश्मिले भारतको गोलपोस्टमा दर्शनीय गोल गरेपछि नेपालले पहिलो हाफमा अग्रता लिएको थियो । महिला साफको इतिहास भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो । यस अघि नेपालले महिला साफमा भारतलाई हराउन सकेको थिएन ।

भारत ५ पटकको साफ च्याम्पियन हो। हारसँगै भारत प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ८-० गोलले पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ ।

बंगलादेशको जितमा सबिना खातुनले ३ गोल गरिन् । जोहान सप्ना, श्रीमती सरकार, रितुपर्णा चक्मा, मसुरा प्रविण र थौरा खातुनले १/१ गोल गरे । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपमा अब नेपालले सोमबार हुने फाइनलमा उपाधिका लागि बंगलादेशसँग खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार