नयाँ बानेश्वर र थापागाउँ क्षेत्रमा चल्यो महानगरको डोजर

spot_img

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रका अनाधिकृत संरचना हटाउन डोजर चलाएको छ ।

महानगरको नगर प्रहरी टोलीले नयाँबानेश्वरस्थित आकाशेपुल आसपास क्षेत्रका अवैध संरचनामा डोजर चलाएको हो । यसअघि सूचना दिँदा पनि अनधिकृत संरचना नहटाएपछि शुक्रबार डोजर लगाएर नै हटाइएको महानगरले जनाएको छ ।

सो क्रममा नक्सा पास नभएका संरचना पनि महानगरले भत्काएको छ भने पार्किङ उल्लेख गरेर नक्सापास गरेपनि अन्य प्रयोजन भएका स्थानमा पनि डोजर लगाएको छ । डोजर लगाउने क्रममा केहि घरधनीहरुले विरोध गरेका थिए । भदौ ६ गतेदेखि महानगरको अवैध संरचना भत्काउने अभियान जारी छ ।

त्यसैगरी काठमाडौं महानगरपालिकाले थापागाउँ क्षेत्रमा सडक मिचेर बनाइएका घर टहरामा डोजर चलाएको छ ।

६ मिटर बाटो रहेको थापागाउँ क्षेत्रको गल्ली मिचेर बनाइएका तीन वटा पक्की घरले मिचेको भाग डोजर लगाएर हटाएको महानगरले जनाएको छ । यस्तै दुई वटा टहरा पनि हटाउने काम भएको महानगरको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार