फेडेररले खेल जीवनबाट सन्यास लिए

काठमाडौँ । स्विस टेनिस स्टार रोजर फेडेररले खेल जीवनबाट सन्यास लिएका  छन् ।

फेडेररले बिहीबार यही महिना लण्डनमा आयोजना हुने लाभेर कपपछि टेनिसबाट सन्यास लिने घोषणा गरेका हुन् ।

२४ वर्षमा एक हजार ५०० भन्दा बढी खेल खेलेका उनले अब प्रतिस्पर्धी ‘करियर’को अन्त्य गर्ने समय हो भनेर बुझेको बताए। आफूले टेनिसलाई माया गर्ने र कहिल्यै नछोड्ने बताएका छन् ।

४१ वर्षीय फेडेरर टेनिसको सर्वकालीन महान् खेलाडीमध्ये एक हुन्। फेडेरर सर्वाधिक ग्राण्डस्लाम जित्ने खेलाडीको सूचीको तेस्रो स्थानमा छन् ।

२० पटकको ग्राण्डस्लाम च्याम्पियन उनी पछिल्लो समय घुँडाको चोटबाट पीडित थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार