चार दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किए चिनियाँ नेता ली

काठमाडौँ । नेपालको चार दिने औपचारिक भ्रमणमा आएका जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका महामहिम अध्यक्ष ली चान्शु भ्रमण सम्पन्न गरी आज फर्किएका छन् । उनलाई सभामुख अग्नी प्रसाद सापकोटाले आज विहान ८:५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा बिदाइ गरेको हुन् ।

अध्यक्ष ली चान्शु सभामुख सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा यही भदौ २७ गते अपरान्ह नेपाल भ्रमणमा आएका थिए। उनलाई सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा स्वागत गरेका थिए ।

सोही दिन सापकोटा र अध्यक्ष ली चान्शुबीच संघीय संसद भवनमा आआफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै औपचारिक वार्ता गरेका थिए।

वार्तापछि नेपालको संघीय संसदको प्रतिनिधि सभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस (नेसनल पिपुल्स कंग्रेस) बीच अन्तरसंसदीय सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार